मुख्य समाचार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

नवलपुर टुडे
२०७९ माघ १९ | मध्यान्ह ०३:१० बजे

नेपालगञ्ज, माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार चौधरीलाई बिहीबार दिउँसो करिब २ बजेतिर बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ परेको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलाली-२ बाट उठेका चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए । उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए ।  

त्यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा लम्की चुहाबाट पराजित भएका थिए भने लगत्तै सम्पन्न प्रदेशसभामा निर्वाचनमा पनि पराजित भएका थिए ।

९ वर्षसम्म फरार रहेको र पटक-पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन । जिल्ला अदालत कैलालीले उनलाई ट्याक्टरमा आगो लगाएको आरोपमा २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय सुनाएको थियो । 

अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो । आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो ।

कमेन्टहरु