राजनीति

रास्वपाका चितवन जिल्ला सभापतिद्धारा राजीनामा दिए

नवलपुर टुडे
२०७९ माघ १९ | बिहान ११:१० बजे

चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले जिल्ला नेतृत्वलाई काम गर्न नदिएको भन्दै एक हप्ता अघिनै पार्टी महासचिवलाई राजीनामा बुझाएको सापकोटाले बताए ।

‘मैले एकहप्ता अघिनै पार्टी महासचिवलाई राजीनामा बुझाएको हुँ, बाहिर हल्ला नहोस् भन्ने चाहान्थे । जिल्ला नेतृत्वलाई खासै जिम्मेवारी नभएको र सानातिना काममा जसले गरेपनि हुन्छ अल्झीरहनु पर्ने अवस्था नभएकाले राजीनामा दिएको हुँ,’ उनले भने । 

चुनावको समयमा हामीसँग सरसल्लाहा हुन्छ भन्ने थियो, पार्टी सभापति नै उठेपछि त्यो समयमा केन्द्रलाई पनि जिताउने चिन्ता भयो । हामीसँग सल्लाहा पनि भएन । अहिले पनि खासै काम छैन । त्यसैले जिम्मेवारीमा नरहने निर्णय गरे उनले भने ।

आफ्नै व्यवसाय भएको बताउने सापकोटा आन्तरिक कारणले पनि चितवन बसिरहन नपाउने भएकाले सभापति पद त्यागेको बताउँछन् । सापकोटा मुनलाईट टेलिभिजनका संचालक पनि हुन् । पार्टीप्रति सकारात्मक भएपनि उनी स्वतन्त्र रुपमा आफु रहने बताए ।

कमेन्टहरु