राजनीति

परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जाँदै

नवलपुर टुडे
२०७९ माघ १९ | बिहान ०९:१० बजे

काठमाडौं, माघ १९ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का भ्रमणमा जाने भएकी छन् ।

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् । श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही माघ २० र २१ गते हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन् । 

भ्रमणका क्रममा पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । पौडेल माघ २० गते कोलम्बो प्रस्थान गर्ने, माघ २१ गते स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने र माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

कमेन्टहरु