मुख्य समाचार

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य

नवलपुर टुडे
२०७९ माघ १८ | मध्यान्ह ०२:१० बजे

काठमाडौ, माघ १८ । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पाेरसन (आईओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर आठ रुपैयाँले बढेर आएको निगमका प्रवत्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यस्तै, मट्टितेलको मूल्य ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको प्रवत्ता उपाध्यायले बताए । मूल्य घटेर आएपनि अझै पनि निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

निगमले मूल्य समायोजन नगरे १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने जनाएको छ । 

कमेन्टहरु