राजनीति

बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको छुट्टाछुट्टै छलफल

नवलपुर टुडे
२०७९ माघ १८ | बिहान ११:१० बजे

काठमाडौं, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले ओली र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

स्रोतका अनुसार लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए । सर्वोच्चले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर गरी गृहमन्त्री तथा सांसद खारेज गरिदिएको थियो । रिक्त गृहमन्त्री पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा तीव्र विवाद भइरहेका बेला गठबन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

प्रचण्डले गृह अन्य दललाई नदिने संकेत जनाएपछि लामिछानेले सरकारबाट बाहिरिने चेतावनीसमेत दिइएको थियो । लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।

कमेन्टहरु