भैरहवाबाट ढाका उडान सुरु गर्न परराष्ट्र मन्त्रीको आग्रह

नवलपुर टुडे
२०७९ माघ १७ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ १७ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसित नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् । भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन, व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।
सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे । रासस























