राजनीति

संसद बैठकमा राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव

नवलपुर टुडे
२०७९ माघ १७ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ १७ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद बैठकअघि राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन प्रस्ताव गरेकी छिन् ।

हरेक दिन संसद बैठक सुरू हुनुअघि राष्ट्रिय धुन बजाउने र सबै सांसदहरू उठ्ने हालको नियमावलीमा छ । त्यसलाई संसोधन गर्दै गौतमले राष्ट्रिय गान नै बजाउनु उपयुक्त हुने बताएकी हुन् ।

कतिपय सांसदहरूलाई देशको राष्ट्रिय गान पनि कण्ठ नभएकोले यो व्यवस्था प्रभावकारी हुनसक्ने उनको तर्क थियो । साथै उनले राष्ट्रिय गान बजाउँदा सांसदहरूमा राष्ट्रियताको भाव थप मजबुत हुने पनि बताइन् ।

सोविताको प्रस्तावलाई केही सांसदहरुले समर्थन गरे भने केहीले यो आवश्यक नरहेको अभिव्यक्ति दिए । आज बस्ने बैठकमा थप छलफल हुनेछ । नियमावली मस्यौदा समितिमा २१ सदस्य छन् ।

कमेन्टहरु