गृह मन्त्रालय नपाए सरकार छाड्ने रवि लामिछानेको चेतावनी

नवलपुर टुडे
२०७९ माघ १७ | मध्यान्ह १२:१० बजे

काठमाडौं, माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका लामिछानेले आफूलाई गृह मन्त्रालय दिन माग गरेको र गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको स्रोतले जनाएको छ ।
नागरिकता विवादसम्बन्धि मुद्दामा दोषी ठहर भई सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन् । नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए ।
प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह मन्त्रालय दिन सकारात्मक छैनन् । उनले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिन चाहेका छन् ।





















