लुम्बिनी प्रदेश

नवलपरासीको विभिन्न स्थानबाट चार लाख नौ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपुर टुडे
२०७९ माघ १६ | मध्यान्ह ०१:१० बजे
बरामद सामान र भेडा बाख्रा

नवलपरासी, माघ १६ । पश्चिम नवलपरासीबाट प्रहरीले चार लाख नौ हजार बराबरको अवैध भेडाबाख्रा तथा मालसामान बरामद गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा अस्थाई प्रहरी पोष्ट ज्यामिरेबाट प्रहरी सहायक निरीक्षक शिव कुमार पौडेलको चेकिङ टोलिले अवैध रुपमा ल्याइएको भेडाबाख्रा नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका – ७ ज्यामिरे चोकबाट पूर्वतर्फ जाँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा खसी रु. २०,००० का दरले रु. १,००,००० र भेडा रु १५,००० का दरले रु. ७५,००० गरि जम्मा मूल्य रु. १,७५,००० बराबरको भेडाबाख्रा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक वीरेन्द्र केसीको कमाण्डमा खटिएको गस्ति टोलीले नवलपरासीको बर्दघाट नगरपालिका – २ चिसापानी चोक र सोही नगरपालिका – ४ को टिसिएन चोकबाट भन्सार छली/चोरी निकासी गरी लुकाई छिपाई ल्याइएको अवैध मालसामान बरामद गरेको छ ।

photo 2023 01 30 12 52 27
                बरामद सामान

प्रहरीले लसुन ३०० के.जी., लेडिज सल ७७५ पिस, यूपी ५६ एम ३२८९ नम्बरको र यूपी ५६ एएच ९०३७ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । लसुनको अन्दाजी मूल्य रु ३००००, लेडिज सलको अन्दाजी मूल्य रु.१,५५,००० र दुई ओटा मोटरसाइकलको अन्दाजी मूल्य रु.४०००० गरी जम्मा अन्दाजी मूल्य रु.२,२५,००० बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले रु.९००० मुल्य बराबरको ६ बोरा अबैध गहुँसमेत बरामद गरेको छ । बरामद गरिएका अबैध सामान आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

photo 2023 01 30 12 52 32
                               बरामद भेडा बाख्रा

कमेन्टहरु