राजनीति

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान, रवि लामिछानेलाई पुन: सभापति बनाइने

नवलपुर टुडे
२०७९ माघ १५ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार अपरान्ह ३:३० बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए । आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ । शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेसँगै पार्टी सभापति पदसमेत गएको थियो ।

रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो । केन्द्रीय समितिबाट सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने रास्वपाको तयारी छ ।

कमेन्टहरु