सबै सरकारी वेबसाइटको सर्भर डाउन

नवलपुर टुडे
२०७९ माघ १४ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ १४ । सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । सरकारी सर्भरमा समस्या आएका कारण शनिबार दिउँसोदेखि नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो । सरकारी वेबसाइट नखुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले पाँचवटा वायुसेवाका उडान बन्द भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकरहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए । उनका अनुसार यो समस्या आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको छ ।






















