राजनीति

‘सर्वोच्चको फैसला कानुनी राज भएकाे उदाहरण’: डा. शेखर कोइराला

नवलपुर टुडे
२०७९ माघ १४ | मध्यान्ह ०२:१० बजे
फाइल तस्बिर

बिराटनगर । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन्। 

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखेका हुन्। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको तर्क थियो। ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ’, उाले भने। 

नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए। सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय भएको भन्दै उनले यसबारे संघीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे। ‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ’, उनले भने। 

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा जोड दिए। 

कमेन्टहरु