सर्वोच्चले सुनायो गृहमन्त्री लामिछानेको विपक्षमा फैसला, उपप्रधान तथा सांसद पद खारेज

नवलपुर टुडे
२०७९ माघ १३ | मध्यान्ह ०६:१० बजे

बुटवल, माघ १३ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा फैसला सुनाएको छ । लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै सर्वोच्चले उनको विपक्षमा फैसला सुनाएको हो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने जनाएको छ ।
संवैधानिक इजलासको यो फैसलासँगै चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । चितवन क्षेत्र नं.२ मा भने उपनिर्वाचन हुने भएको छ ।























