राजनीति

राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने माओवादीको निर्णय

नवलपुर टुडे
२०७९ माघ १३ | मध्यान्ह ०५:१० बजे

काठमाडौं, माघ १३ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसहित राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय भएको बताए । ‘बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ ।’ उनले भने ‘यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो ।’

राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने उपाध्यक्ष महराले बताए । आजको बैठकमा उपाध्यक्ष महरा, उपमहासचिवद्वय जनार्दन शर्मा र गिरिराजमणि पोखरेलले विभागीय प्रतिवेदन प्रस्तुत गरेका थिए । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि २७ जनाले धारणा राखेका थिए । 

कमेन्टहरु