लुम्बिनी प्रदेश

रोल्पामा आमा-छोरा झुण्डिएको अवस्थामा मृत फेला 

नवलपुर टुडे
२०७९ माघ ११ | मध्यान्ह ०१:१० बजे

दाङ, माघ ११ । रोल्पाको रून्टीगढी गाउँपालिका – ७ बलबाङमा आमा-छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । रोल्पा नगरपालिका – ६ का ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली खटिएको प्रमुख घिमिरेले बताए ।

चलाउनेको घर विगत डेढ वर्षदेखि खाली रहेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ । चलाउने र मृतकका बीचमा पहिलेदेखि नै चिनजान रहेको भन्ने खुलेको छ । आमा-छोरा एक दिन पहिले मात्रै त्यहाँ आएको स्थानीयले बताएका छन् ।

उनीहरू काठमाडौंमा इट्टाभट्टामा काम गरी फर्किएको स्थानीयले जानकारी दिएको प्रहरीले बताएको छ ।

कमेन्टहरु