लुम्बिनी प्रदेश

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मिश्रलाई बिदाई

नवलपुर टुडे
२०७९ माघ ९ | मध्यान्ह ०६:१० बजे

धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, माघ ९ । कपिलबस्तु जिल्लाबाट रौतहट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई कपिलबस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरुद्धारा विदाई तथा मायाको चिनोसहित सम्मान गरेका छन् ।

सो अवसरमा प्रजिअ मिश्रले आफ्नो १० महिने कार्यकालमा जिल्लाका लागि शान्ति सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । साथै जिल्लामा दुई वटा निर्वाचन स्थानिय, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई पनि भयरहित बातावरणमा सम्पन्न गरेको र जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा सहजता ल्याउन सक्दो प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल र कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले सयुक्त रुपमा विदाई तथा सम्मान गर्नु भएको छ ।

सम्मान तथा बिदाई कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य र स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्टहरु