यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्ने

नवलपुर टुडे


काठमाडौं । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १० सम्म पढ्न पाइन्छ । कक्षा १० पास गरेर ११ मा पढ्दा पुनः रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ । जबकि कक्षा ९–१२ लाई माध्यमिक तह मानिएको छ । तर, एउटै तह पास गर्नको लागि दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । यो वर्षदेखि भने त्यो बाध्यता अन्य हुने भएको छ ।
यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्नेछ । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १२ सम्मको लागि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीहरूले कक्षा ११ मा पुनः भर्नु नपर्ने बताए ।
‘माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिस्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी यो वर्षदेखि लागू गर्दैछौं । त्यसका लागि तयारी थालेका छौं,’ उनले भने ।
माध्यमिक तहमा पटक पटक फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्दै यो वर्षदेखि एक पटक मात्र फाराम भने हुने बनाउन लागिएको उनको भनाई छ । जसले गर्दा यो वर्ष कक्षा ९ मा अहिलेसम्म रजिस्ट्रेसन फाराम खुलेको छैन ।
‘हामी केही व्यवस्थापन गर्दैछौं । सबैलाई सहज हुने खालको व्यवस्था गर्न लागेकाले कक्षा ९ मा रजिस्ट्रेसन फाराम खुल्न ढिलाइ भएको हो । अब छिट्टै खुल्छ,’ उनले भने ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















