मुख्य समाचार

पुराना ‘फरार’हरु समातिन्छन् मात्र होइन नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ : गृहमन्त्री

नवलपुर टुडे
२०७९ माघ ७ | बिहान ०९:१० बजे

काठमाडौं, माघ ७ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको बताएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हिजो बोलेका शब्द शब्द र भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई पक्राउ नगरेको भन्दै आलोचना भइरहेको बेला अपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाई मात्र नभई नयाँ अपराधीहरु फरार हुन नपाउन भन्ने कुराको हेक्का रहेको बताएका छन् । उनले मिडियाको हेडलाइन बदल्न नसकेपनि जनाताको लाइफलाईन बदल्न आफूले मेहनत गरिरहेको बताए ।

उनले लेखेका छन्, ‘पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ । मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ !!’

कमेन्टहरु