मुख्य समाचार

नवलपुरको सेहरीमा दुईवटा गैडा मृत फेला

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह ०४:१० बजे

नवलपुर, माघ ६ । नवलपुरको मध्यविन्दु नगरपालिका – २ सेहरीस्थित नारायणी नदी किनारमा दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । उक्त गैडा माउ र बच्चा रहेको स्थानीयले बताएका छन् ।

आज बिहान मृत अवस्थामा भेटिएका दुई गैडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ । चोरी शिकारीमा परेको हुन सक्ने स्थानीयको आशंका छ । अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिँदै अनुसन्धान पनि अगाडि बढाइएको छ ।

जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढिरहेको स्थानीयले बताएका छन् । करिब २ साताभित्रमा बाघले २–३ वटा गाइ बस्तु खाइसकेको स्थानीयले जनाए ।

कमेन्टहरु