अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाई

नवलपुर टुडे
२०७९ माघ ३ | मध्यान्ह ०६:१० बजे

तनहुँ, माघ ३ । जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभीयोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षेतिपूर्तिबापत जरिबाना तोकेको थियो ।
उनी हाल तनहुँ कारागारमा छन् ।























