लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

नवलपुर टुडे


बुटवल, माघ ३ । लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकबाट पाल्पा २ ‘ख’ बाट निर्वाचित घर्ती सभामुख र उपसभामुखमा राप्रपाकी समानुपातिकतर्फबाट सांसद बनेकी खाँण निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले घर्ती सभामुखमा र खाँण उपसभामुखमा निर्विरोध निर्वाचित घोषणा गरेका हुन् ।
सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा आशिषकुमार चौधरी बसेका थिए । यसैगरी, उपसभामुख खाँणको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका सीके गुप्ता बसेका थिए ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा सदस्य छन । सत्तारुढ गठबन्धनमा ५८ सांसद छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















