Opens in a new tab

विमान दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जली दिदै कृष्णनगरमा दिप प्रज्वलन

नवलपुर टुडे

29Shares
dida bag ad

कपिलवस्तु, ०२ माघ । काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ कपिलवस्तुस्थित कृष्णनगरको गोलघर चोकमा निवर्तमान सांसद अभिषेक प्रताप शाहको अगुवाईमा दिप प्रज्वलित गरी मृतकप्रति श्रद्धाञ्जली दिइएको थियो l

मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरिएको थियो । दुर्घटनाको छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गर्दै निवर्तमान सांसद शाहले यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिए।

मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।

आयोजित दिप प्रज्वलन कार्यक्रममा अजित सिंह, नागेश्वर मिश्र, देवेन्द्र त्रिपाठी, किफायतुल्ला खान, दिनेश चन्द गुप्ता, सुशील श्रीवास्तव, कृष्ण कुमार गुप्ता, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षा प्रेमी, स्थानीय, सुरक्षाकर्मीहरूको उपस्थित रहेको थियो l