मलेसियामा अलपत्र र बन्धक श्रमिक नेपाल फर्काइँदै

नवलपुर टुडे


काठमाडौ । मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
मलेसियास्थित नेपाली दूतावासले मंगलबार ६ जना कामदार नेपाल फर्कने बताए पनि दुईजना मात्रै फर्किएका छन् । म्यानपावर कम्पनीको पहलमा ६ जना कामदारका लागि हवाई टिकटसहित मंगलबार नेपाल फर्काउने तयारी दूतावासले गरेको थियो ।
तर, तीनजनाको चेकआउट मेमो तयार नभएका कारण फर्कन नपाएको म्यानपावर कम्पनीले जनाएको छ । बाँकी तीनजनामध्ये एकजनाले अरू साथीहरूसँगै नेपाल फर्कने अडान लिएपछि दुईजना मात्रै आएका हुन् ।
काठमाडौस्थित त्रिवेणी म्यानपावरमार्फत उनीहरू मलेसियाको पिआरएस फरेस्ट म्यानेजम्यान्ट कम्पनीमा काम गर्न १३ जना कामदार गएका थिए । तर, मलेसिया पुगेपछि सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएको भन्दै नेपाली कामदारले काम नै सुरु गरेका थिएनन् ।
यसरी अलपत्र परेका नेपाली कामदारको विषयमा सूचना पाएपछि मलेसियास्थित नेपाली दूतावासले रोजगारदाता कम्पनी, म्यानपावर कम्पनी र कामदारलाई दूतावास नै बोलाएर छलफल गरेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार गत २५ डिसेम्बर र २८ डिसेम्बरमा रोजगारदातालाई पत्राचार गरी छलफलमा बोलाएको थियो । छलफलपछि ६ जना कामदार मंगलबार नेपाल फर्कने र बाँकी सातजना आगामी शुक्रबार फर्कने निर्णय भएको दूतावासले जनाएको छ ।
मलेसियाको अर्को एक कम्पनीमा बन्धक बनाइएका २८ नेपाली कामदारमध्ये सातजना बुधबार फर्कने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार नौजना कामदार पुनः सोही रोजगारीमा फर्किएका छन् भने १२ जनाले निर्णय दिएका छैनन् ।
चार महिनाअगाडि वैदेशिक रोजगारीका क्रममा उनीहरू काठमाडौंस्थित खोजी रिक्रुटमेन्ट कम्पनीमार्फत मलेसियास्थित हंगसी इन्टरप्राइज कम्पनीका लागि गएका थिए । तर, रोजगारदाता कम्पनी र कामदारबीच विवाद भएपछि उनीहरू निष्कासनमा परेका थिए । चिनियाँ एजेन्टले उनीहरूलाई अज्ञात स्थानमा राखेको पीडितले बताएका छन् । कम्पनीले बन्धक बनाएपछि म्यानपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र पीडितले दूतावासमा उजुरी गरेका थिए ।
दूतावासको सहजीकरणमा गत ३ जनवरीमा रोजगारदाता कम्पनीविरुद्ध मलेसिया प्रहरीमा उजुरी दिइएको दूतावासले जनाएको छ । मलेसिया प्रहरीले रोजगारदाताको अनुसन्धान गरिरहेको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















