घट्यो पेट्रोलियम पदार्थको मूल्य

नवलपुर टुडे
२०७९ पुस २४ | मध्यान्ह ०८:०९ बजे

काठमाडौं, पुस २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले र हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँले घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ ।
यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेका भन्दै नेपालमा मूल्य समायोजन गरेको थिएन ।
























