लहानका मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र

नवलपुर टुडे


लहान। सिरहाको लहान नपा- ८ दुई नम्बर रोड मालपोत कार्यालयको छेउमा रहेको मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र परेको छ । अलपत्र पर्नेहरूमा विष्णु राम, विशाल गुप्ता, सलिम देवान, संजीव राम, नेवालाल महरा, श्यामसुन्दर यादव, संजय मंडल, दिपोज्ञ्वाल मंडल, विषुणदेव मंडल, भोला सोनकर मंडल, दिपेन्द्र चौधरी, आशिष कर्ण, राकेश शर्मा, मोहम्मद समसुदिन रहेका छन् ।
करिब दुई महिना अगाडि हरेक व्यक्तिसँग तीन लाख असुलेर इलेक्ट्रोनिक मेमोरी चिप्स कम्पनीमा धेरै पैसा कमाउन सक्ने भनेर पठाएको थियो । तर मलेसिया पुग्दा उनीहरुलाई भवन निर्माण काममा लगाएपछि आफूहरुसँग भएको सम्झौताको काम मागेपछि कम्पनीले खान बस्न समेत नदिई चरम मानसिक यातना दिएको पीडितले भिडियो कल मार्फत जनाएको छ ।
पीडित विष्णु रामले भने्, कहिले कोठाबाट राती सडकमा झोलाझण्टी फालेर निकाल्छन् । कहिले ज्यान मार्ने धम्की दिन्छन् । यो कुरा नेपाली राजदुतावासलाई समेत जानकारी गराएको छु । खान बस्न समेत समस्या छ । मिथिला मेनपावरका डायरेक्टर महेन्द्र साह, एजेन्ट सितल यादवलाई समेत थाहा छ । अहिले कसैको फोन लागेको छैन् । सबै सम्पर्क बिहिन छ । घरपरिवारलाई समेत जानकारी गराएको छु । हाम्रो जीवन रक्षा सहित घर फर्किन चाहेको उनीहरुले बताएका छन् ।
पीडित परिवारहरुले प्रहरी, एजेन्ट र मेनपावरलाई समेत गुहारीसकेको छ तर कसैले वास्ता गरेको छैन् । पीडित विष्णुका बुबा रामुदगार रामले भने पठाएको एजेन्टले उल्टै आफूलाई कसैले केही बिगार्न सक्दैन । सबैलाई महिनाबारी तलब दिएर राखेको छु प्रहरी प्रशासन मेरो खल्तीमा छ भनेर धम्काउँदै आएको बताए ।
उनले भने्, तीन रुपैया ब्याजमा तीन लाख पैसा उठाएर महाजनसँग एजेन्ट महेन्द्र साहलाई दिएको छु । हामी गरिबले छोरा विदेशबाट कमाएर ल्याउँछन् । दुई पैसा कमाएर आउँछु भनेर छोरा पढाइ छोडेर गए । तर छोराको अवस्था सुनेर विछिप्त छन् परिवार । यता मेनपावर र एजेन्टसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । फोन सम्पर्क हुन सकेको छैन् । नेपाली राजदूतावास मलेसियासँग वाटसपमा सम्पर्क गर्दा आफूहरू सक्दो प्रयास गरेर फिर्ता पठाउने भने पनि अहिले उनीहरुले पनि फोन नउठाएको अवस्था छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















