बर्दघाटमा आगोमा जलेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ पुस १५ | मध्यान्ह ०५:०९ बजे

नवलपरासी, पुस १५ । पश्चिम नवलपरासीको बर्दघाट आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका – १५ पृथ्वी बस्ति बस्ने ७८ बर्षिय बलबी बसना कुमाल रहेको छ ।
उनी आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिएको छ ।
आफ्नै घर नजिकै परालको आगो ताप्ने क्रममा आफुले लगाएको कपडामा आगो सल्किदा गम्भिर घाईते भएका कुमालको मृत्यु भएको हो । उनलाई थप उपचारको लागि विहिबार राती ८ः४० करिब पौने नौ बजे मिसन अस्पताल पाल्पा पुयाईएको थियो । भने उहाँको विहिबार राती ९ः२० बजे उपचारकै क्रममा पाल्पामा मृत्यु भएको डिएसपी पाण्डेले जानकारी दिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।























