जयनगरबाट जनकपुर आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ पुस १३ | बिहान १०:०९ बजे

जनकपुरधाम, पुस १३ । जयनगरबाट जनकपुर आउँदै गरेको रेलले किचेर एक जनाको ज्यान गएको छ ।
जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक व्यक्तिलाई किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर उनको मृत्यु भएको प्रहरीले बताए ।
रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना पुरुष रेल्वे लिकमा खसेका थिए । लिकमा खसेका उनको सोही रेलले किचेर मृत्यु भएको हो ।
अन्दाजी ३५ वर्षका उक्त व्यक्तिको पहिचान भने खुलेकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।























