Opens in a new tab

लेखा अधिकृत उपेन्द्र यादवका कारण यातायात व्यवस्था कार्यालय दुर्गन्धित

नवलपुर टुडे

29Shares
dida bag ad

रंजित चौरसिया
वीरगंज ११ पुस । यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारको कमाईले अकुत सम्पति कमाए पनि उनी सन्तुष्ट नभई सो धन्दालाई अझ पनि तिब्रता दिदै आएका छन् । सो कार्यालयमा जाने सेवाग्रहीहरुले आफ्नो सवारीको लाग्ने कर बैंकमा बुझाई लेखा शाखामा नगदी रसिद लिन जांदा सो फांँटका कर्मचारीहरुले अनावश्यक झमेला झिक्दै घुसको रकम नलिई रसिद नकाटने गरेको भुक्तभोगीहरुले यस अनलाईनलाई बताएका छन् ।

सो फांँटमा करिब आधा दर्जन बेतल्बी कर्मचारीहरु घुसको रकम लिनैको लागि राखिएको बताईन्छ । कैयौं कर्मचारीलाई देखावटी रुपमा करारको कर्मचारी अधिकृत यादवले नियुक्त गराई राखेको बताईन्छ । दिनहुंँ करिब एक हजार रसिद काटने सो लेखा शाखामा सेवाग्रहीहरुले बाध्यतावश बैंकको भौचरमा ५० वा १०० को नोट बेरेर दिएपछि मात्र नगदी रसिद पाउने गरेको दुःखेसो पोखेका छन् ।

यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि चरम भ्रष्टाचार गर्दै आएका अधिकृत यादव करिब तीन वर्ष देखि सो कार्यालयमा अड्डा जमाई बसेका छन् । उनको सरुवा पटक–पटक भए तापनि शक्ति केन्द्रको आडमा मोटो रकम खर्च गरी रवाना नबुझी कार्यालय प्रमुख उमेश कुमार रेगमीलाई रिझाई बस्दै आएको बताईन्छ । उनको भ्रष्टाचार कार्य धन्दामा कार्यालय प्रमुख रेग्मीको आर्शिवाद रहेकोले उनी आफुलाई “दादा” ठान्दै भ्रष्टाचारको गतिलाई तिब्रता दिएको बताईन्छ । अधिकृत यादवले पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां त्यहांँबाट पनि मोटै रकम भ्रष्टाचार गर्दा कार्यालय भित्र झगडा पनि परेको बताईन्छ । भ्रष्टाचार गर्नमा सिपालु मानिएका अधिकृत यादव वीरगंजको भिस्वामा आलिशान महल ठडयाउनुको साथै कैयौं ठाउंँमा करोडौंको घरेडीहरु किन्न सफल भएको बताईन्छ ।

अधिकृत यादव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग जस्ता नियमनकारी निकायले छानबिन गरी कारवाही अगाडि नबढाउदा उनी अझ फराकिलो मुटुका साथ “दिन दुगुना रात चौगुुना” भ्रष्टाचार कार्यमा व्यस्त रहेको जानकारहरु बताउन थालेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे