मुख्य समाचार

भाईरल बालगायक सचिन परियार अस्पताल भर्ना

नवलपुर टुडे
२०७९ पुस ८ | बिहान ०९:०९ बजे

काठमाडौँ, पुस ८ । भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन । उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए । कमल सरगमले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गाएका छन् । जुन चर्चितसमेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएरसमेत चर्चामा छाएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए ।

कमेन्टहरु