सम्मानजनक ‘पावर सेयरिङ’ हुन्छ, प्रधानमन्त्रीमा दाबी कायमै छ : प्रचण्ड

नवलपुर टुडे


काठमाडौ । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी सम्मानजनक ‘पावर सेयरिङ’ हुने बताएका छन् ।
बिहीबार संसदीय दलको बैठकमा उनले राष्ट्रपतिबाट दिएको समयसीमाभित्र सहमतिमै प्रधानमन्त्री चयन हुने दाबी गरे । ‘हामी गठबन्धन गरेरै निर्वाचनमा गएका हौँ । यही गठबन्धनकै सरकार बन्छ । कुनै दल सानो, कुनै दल ठूलो भयो होला । गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी पावर सेयरिङ गर्छौँ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्रीको दाबी पेस गर्छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांंसद माधव सापकोटाले भने ।
बैठकमा प्रचण्डले माओवादीले प्रधानमन्त्रीको दाबी नछाड्ने बताएका थिए । उनको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘हामी प्रधानमन्त्रीको दाबी छोड्दैनौँ । बीचमा कांग्रेस र एमाले मिल्नेजस्तो देखिएको थियो । अहिले त्यो सम्भावना कमजोर बनेको छ । हामी प्रतिपक्षमा बस्न पनि तयार भएकै हौँ । जनताले यही गठबन्धनलाई सरकार सञ्चालन गर्ने म्यान्डेट दिएका छन् । विकल्प सोच्ने वेला यो होइन ।’
गठबन्धनका शीर्ष नेता बसेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्रीलगायत पदमा समझदारी कायम गर्ने प्रचण्डको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीबाट मिलेर सरकार बनाउन प्रस्ताव आए पनि गठबन्धन गरेर निर्वाचनमा गएकाले अहिले विकल्प खोज्दा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ छ ।
नयाँ सरकार आर्थिक विकास र सुशासन कायम गर्न लाग्ने पनि उनले बताए ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















