मुख्य समाचार

नेपाल प्रहरीका २३ जना एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

नवलपुर टुडे
२०७९ पुस ५ | बिहान ०९:०९ बजे

काठमाडौं । नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार २३ जना एसपीको काज सरुवा भएको हो ।

आठ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रमुख फेरिएका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ।

त्यस्तै, दुर्गाराज रेग्मीलाई झापा र कोमल शाहलाई पर्सा सरुवा गरिएको छ। राजकुमार सिलवाल सिन्धुली काजमा खटिएका छन्। सन्तोषसिंह राठौर बाँकेमा, योगेन्द्रसिंह थापा सुर्खेतमा र देवेन्द्रबहादुर पालको कैलालीमा काज सरुवा भएको छ।

यसैगरी, सन्तोषकुमार भट्टराई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा सरुवा भएका छन्। श्यामकृष्ण अधिकारी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल रुपन्देही सरुवा भएका छन्। 

सुधीरराज शाही नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौं, विमलराज कँडेल पहरा गण सामाखुसी, नकुल पोखरेल विशेष सुरक्षा गण बेलचौतारा तनहुँ, हिराबहादुर पाण्डे कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, सोमेन्द्र सिंह राठौर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, रमेश कुमार बस्नेत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन्।

वसन्त रजौरेलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाउँदा विश्वमणि पोख्रेललाई मानवस्रोत विभाग नक्साल सरुवा गरिएको छ।

यस्तै पद्मबहादुर विष्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गोपालचन्द्र भट्टराई मानव अधिकार उल्लंघन अनुगमन इकाइ नक्साल, रञ्जु सिग्देल अपराध अनुसन्धान विभाग नक्साल, प्रवीण पोखरेल जिल्ला प्रहरी परिसर ललितपुर र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ।

photo 2022 12 20 09 19 47

कमेन्टहरु