देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री म हुने सहमति भएको थियो : प्रचण्ड

नवलपुर टुडे


चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताएका छन्।
लिखित सहमति नभएपनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक सहमती भएको प्रचण्डको दाबी छ। भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो विषयमा लिखित, औपचारिक केहि पनि भएको थिएन। छलफल त पक्कै पनि भएको थियो। गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा भएकै हो। त्यो समझदारी कायमै छ।’
सरकार गठनको विषयमा गठबन्धनका दलहरुबीच छलफल चलिरहेको प्रचण्डको भनाइ छ। बाहिर चर्चा भएजस्तो एमालेसँग तालमेल गरेर सरकारमा जाने स्थिति नभएको उनले प्रष्ट पारेका छन्। ‘एमालेसँगको कुरा जसरी बाहिर चर्चामा भएको छ, त्यस्तो स्थिति होइन, स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दल, नेताहरुको बीचमा छलफल चलेको छ। नयाँ आएका पार्टीहरुसँग पनि कुरा चलेको छ। त्यो स्वभाविक प्रक्रिया हो,’ उनले भने, ‘मैले प्रधानमन्त्रीको निम्ति सबै चिज दाउमा लगाउने कुरा कहिल्यै पनि गरेको छैन। बरु गठबन्धनको निम्ति, संविधान निमार्णको निम्ति या निर्वाचनको निम्ति धेरै नेताहरुलाई प्रधानमन्त्रीको प्रस्ताव चाहिँ गरेको छु।’
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुंग्याउनपर्ने विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र प्याकेजमा नै टुंग्याउने समझदारी भएको जानकारी दिए।
गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सुझावहरु आएपनि यसबारेमा राजनीतिक दलभित्र कुनै छलफल नभएको प्रष्ट्याए। उनले भने, ‘यो सम्भव नहुने विषय हो। यो कुरा टुंगिसकेको छ।’

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















