Opens in a new tab

कैलाली गोली काण्ड- सीसी क्यामेरा पच्छाउँदै अनुसन्धानमा प्रहरी

नवलपुर टुडे

29Shares
dida bag ad

कैलाली । कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । आइतबार गोदावरी नगरपालिका १ पूर्व–पश्चिम राजमार्गमा पसल बन्द गरेर घरतर्फ जाँदै गरेका न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएकाले गोली प्रहार गरेको थियो ।

गोली लागि घाइते भएका गौतमको उपचार भइरहेको छ । गौतम माथि दुई गोली प्रहार गरे पनि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । किन र कसले गोली हान्यो भन्ने विषयमा प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको जनाएको छ । ‘हामीले घाइतेलाई सोधपुछ गरिरहेका छौ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने‘ अहिलेसम्म त्यस्तो केही तथ्य बाहिर आएको छैन । ’

प्रहरीले अहिले सीसी क्यामेराको फुटेज पनि हेरिरहेको छ । त्यसमा एक व्यक्तिले गौतमलाई मोटरसाइकलमा पिछा गरेको देखिन्छ । सिसी क्यामेरामा देखिएको मोटरसाइकल र गोली प्रहार हुँदा प्रयोग भएको मोटरसाइकल उस्तै उस्तै देखिएको प्रहरी स्रोतको दाबी छ ।

यसले अनुसन्धानमा केही सहज हुने अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरू बताउँछन् । ‘सेतो पल्सरले पिछा गरेर गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ एक प्रहरी अधिकारीले भने, ‘मोटरसाइकल नम्बर भने अझै यकिन हुन सकेको छैन ।’ प्रहरीले अहिले सीसी क्यामेरामा देखिएको मोटरसाइकलको खोजी गरिरहेको छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे