जापानमा एक नेपालीको मृत्यु

नवलपुर टुडे
२०७९ पुस ३ | मध्यान्ह ०१:०९ बजे

जापान, पुस ३ । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका हुन् ।
रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका भोजपुर -४ का राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएको र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रहरीले आवश्यक सोधपुछ र अनुसन्धान गरेपछि राईको पार्थिव शरीर पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । पोष्टमार्टमपछि मात्र उनको के कारणले मृत्यु भएको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनको नेपालमा ७ वर्षीय एक छोरी छिन् ।























