घट्यो पेट्रोलियम पदार्थको मूल्य

नवलपुर टुडे


काठमाडौं, पुस २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १९० रूपैयाँ छ ।
निगमका अनुसार आइओसी र नेपाल सरकारको गरेर अझै १९ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी छ ।


झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















