मुख्य समाचार

नेपाल तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन

नवलपुर टुडे
२०७९ मंसिर २९ | बिहान ११:०८ बजे

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन भएको छ । सोमबार काठमाडौंमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री चित्रकारको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । देउवा आज पशुपति पुगेर चित्रकारलाई श्रद्धाञ्जलीसमेत दिएका छन् ।

‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भनेका छन् ।

साथै चित्रकारले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने देउवाको भनाइ छ ।

कमेन्टहरु