मुख्य समाचार

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई जापान सरकारले आज सम्मान गर्ने

नवलपुर टुडे
२०७९ मंसिर २९ | बिहान ११:०८ बजे

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (बिहीबार) सम्मानित गर्ने भएको छ । पौडेललाई आज अपरान्ह ३ बजे काठमाडौंस्थित जापानी दूतावासले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको पौडेलको सचिवालयले जनाएको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने घोषणा गरेको थियो ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्येमा पर्छ । जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए । जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुई पटक यो सम्मान दिइने गर्दछ, जसमा विदेशी नागरिक कम पर्छन् ।

पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् । पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।

कमेन्टहरु