Opens in a new tab

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण प्रतिवेदन शुक्रबार आउने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने भएको छ ।

एरोथाईको टोलीले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन) गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले परीक्षण प्रतिवेदन शुक्रबार आउने जानकारी पाएको बताए । प्रतिवेदन आएलगत्तै रुट कायम गरेर व्यावसायिक उडानका लागि विमानस्थल खुला हुने उनको भनाइ छ ।

विमानस्थलमा जडान गरिएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे/नगरेको लगायतका जाँच परीक्षण उडानको क्रममा गरिन्छ । एरोथाईको टोलीले एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग, विमानस्थलमा जडान भएका बत्ती र सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षण गरेका थिए ।

प्राधिकरणका प्रवक्ता निरौलाले विमानस्थलमा परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमलाई पत्राचार गरिएको जानकारी दिए । साथै कुवेतको जजिरा एयरवेजले पनि परीक्षण उडानका लागि चासो देखाएको उनले बताए ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे