मुख्य समाचार

जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा बालेन शाहको निवेदन

नवलपुर टुडे
२०७९ मंसिर २८ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं, मंसिर २८ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

शाहले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका थिएनन् । तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले शाहलाई साढे ७ लाख रूपैयाँ जरिवाना तोकेको हो ।

उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने कानुनी व्यवस्था रहेकाले  शाहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् । उनले आफू निर्वाचित भएलगत्तै समााजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेका छन् ।

निर्वाचन कानूनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानूनी व्यवस्था नरहेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

कमेन्टहरु