मुख्य समाचार

भूमि आयोगले स्थानीय तहमा पुनः लगत संकलन सुरू गर्ने

नवलपुर टुडे
२०७९ मंसिर २७ | बिहान ११:०८ बजे

काठमाडौं, मंसिर २७ । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ। चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको थियो।

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको थियो। आयोगले स्थानीय तहमा पुनः काम सुरू गरिएको जनाएको छ। आयोगले मंसिर २८ गतेदेखि पुन: काम सुरू गरिने जनाएको छ । 

कमेन्टहरु