नेकपा (एमाले)को समानुपातिकमा कृष्णनगरका सिराज फारूकी


कपिलवस्तु, मंसिर २४ । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो ।
प्रतिनिधि सभातर्फ एमाले ३४ सिट पाएको छ । एमालेले महिला २२ जना र पुरुष १२ जना चयन गरेको हो । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगरका जुझारु, कर्मठ, इमानदार, नेता सिराज अहमद खान (फारूकी) को नाम नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकका लागि आज मुस्लिम तर्फबाट सिफारिस गरेको छ ।
नेकपा एमालेको गाउँ कमिटीदेखि लिएर इलाका कमिटी हुँदै जिल्ला कमिटी लगायत प्रायु सङ्घका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करिब दुई दशक भन्दा माथि नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिँदै आएका उनका समर्थकले बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष रहेका सिराज अहमद खान(फारूकी) पार्टीका तर्फबाट उक्त सङ्गठनको इन्चार्ज समेत रहेका छन् । साथै उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् ।
खानले आफू नेकपा एमाले पार्टी प्रति समर्पित रहेको बताउँदै समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाएकोमा विकासका गतिविधि अगाडि बढाउने तथा जनताको हितको काम सधैँ गर्दै आएको र गर्दै जाने बताए । साथै नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी ओली प्रधानमन्त्री बने देशको विकास हुने उनको भनाइ छ ।






















