मुख्य समाचार

मलेसियाबाट आयो दुखद खबर : काठमाडौंको देवान मेनपावरले फसाए नेपाली युवाहरुलाई

नवलपुर टुडे
२०७९ मंसिर २४ | मध्यान्ह ०७:०८ बजे

काठमाडौ, मंसिर २४ । देवान कन्सल्टेन्स प्रालि मेनपावर नेपालको कुना कुनाबाट आएका युवाहरुलाई बिदेशमा राम्रो कामको प्रलोभन देखाउँदै विभिन्न देशहरुमा पठाउने गर्छ । हाल उक्त मेन पावर बत्तिसपुतलि गौसाला काठमाडौमा अवस्थित छ ।

देवानका एक कर्मचारी जुन आफुलाई खेम सर भनेर चिनाउने ब्यक्ति जसले पैसाको लेनदेन, मेडिकल बिग्रेको पनि, उमेर नभएको जस्तो केसहरुलाई पैसा बढाई चढाई गरेर मेडिकलहरुसँग सहकार्य गरेर बिग्रेको मेडिकल रिपोर्ट पनि सहि छ भन्दै बिदेश पठाउने गरेको छ । जसको परिणाम ती युवाहरु बिदेशमा गएर फसेको बताउँछन ।

उक्त मेनपावर विभिन्न मेडिकलहरुमा कन्टेक्ट गरेर नक्कली रिपोर्ट बनाएर प्रतिव्यक्ति ३ लाखसम्म असुल्ने र भ्रममा पारेर विभिन्न देशहरुमा पठाउने गर्छ । त्यसैमध्ये मलेसियाको नादिभुमि भन्ने ठाउँमा रहेको एक ठूलो भवनमा अफिस सन्चालन गरेर भेडा बाख्रा जस्तै थुपार्ने गरेको पाईएको छ ।

२७ नोभेम्बर २०२२ को दिन एक नेपालीलाई पिसाबबाट रगत आएपछि मेडिकल लग्न समेत न दिएपछि मरितुल्य भएर मरे मरे भनेर रुन थालेपछि नेपालीहरुले नै लिएर आफै मेडिकल गए । पछिबाट जानकारी आउदा त्यो ब्यक्ति ३ महिनादेखि बिरामी रहेको उसको मेडिकल रिपोर्ट पनि फेल रहेको पाइयो ।

अहिले पनि उक्त ठाउमा त्यस्ता बिरामी, मेडिकल फेल मात्रै १४ जनाभन्दा बढि रहेका छन । मलेसियाको कानुन बमोजिम यदि मेडिकल फेल कोहि छ भने तुरुन्त नेपाल फर्काईने ब्यवस्था गरेता पनि बन्धक बनाएर राखेको गुनासो फसेका ब्यक्तिहरुको छ ।

त्यसैगरी लाखौ ऋण लिएर बिदेश गएका युवाहरु नेपाल फर्किने आस नै मारिसकेका छन । भने उनीहरुको घरतिर लोनको चाप दिनदिनै बढ्दै गईरहेको छ । हाल पिडित ब्यक्तिहरुको नाम र ठाउँ गोप्य राखिएको छ ।

उनीहरु फसेको भनेर सयौँपटक मेनपावरमा कुरा राख्दा पनि केही सुवाई नगरेको र दिन प्रतिदिन उक्त मेनपावरले नेपाली युवाहरुलाई झुक्याएर पठाउने लस्करनै गरेको छ भनेर नेपाल सरकारसँग गुहार पनि गरिएको छ ।

कमेन्टहरु