नवलपरासीमा संघीय सांसद चौधरीद्वारा बिकासका लागि राष्ट्र सेवक कर्मचारी बीच छलफल


नवलपरासी, १९ मङ्सिर । संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकासका लागीे राष्ट्र सेवक कर्मचारीहरुसंग बहस पैरवी अघि बढाउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बीच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई सययमै र पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलको क्रममा हाल जिल्लामा पालिका स्तरदेखी प्रदेश र संघीय सरकारको लगानी भईरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयास वारे बृहद छलफल गरिएको थियो ।
बहस पैरवी छलफलमा बोल्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफु राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको बिश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा चौधरीले बिकासका लागी स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तीब्र रुपमा अघि बढाउने बिश्वास व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा जिल्लामा हालसम्म सञ्चालनमा रहेका स्थानिय तहदेखी राष्ट्रिय गौरवको आयोजना विस्तृत अवस्था, समस्या समाधानको दिर्घकालीन उपाय वारे बहस गरिएको थियो ।























