सांसद बिनोद चौधरी सम्मानीत

नवलपुर टुडे
२०७९ मंसिर १६ | मध्यान्ह ०२:०८ बजे

नवलपरासी, १६ मङ्सिर । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार (सन्तु) र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

















