मुख्य समाचार

धनगढीमा निषेधाज्ञा जारी

नवलपुर टुडे
२०७९ मंसिर १५ | मध्यान्ह ०८:०८ बजे

धनगढी, मंसिर १५ । धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले २४ घण्टा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

बिहीबार बिहान पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्यु भएपछि त्यहाँ लागातार प्रदर्शन भएकाले प्रशासनले अराजक गतिविधि नियन्त्रण गरी नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न र शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरिएको हो ।

पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्रभित्र निषेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि मंसिर १६ गते बेलुका ७ बजेसम्म सो निषेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ ।

photo 2022 12 01 20 20 01

कमेन्टहरु