नवराजपुरको अध्यक्ष शिवालाई बचाउन पत्रकारको नाममा केही बिचौलिया सकृय

नवलपुर टुडे


सिराहा । बिवाहपञ्चमी मेलाको अवसरमा सरकारी गाडी दुरुपयोग गरेको भनी समाचारहरु आउँदा एक पत्रकारमाथी भौतिक आक्रमण भएको छ ।
नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवा उर्फ शिव उदगार यादवका छोरा चन्दन यादवले ईटहर्वा मेला जादा पालिकाको प्र. ०१.००१.बा. ०३२३ नम्बरको मोटरसाइकल दुरुपयोग गरेको खबर पाए पश्चात् स्थानीय पत्रकार प्रदीप सिंहले यादवको फोटो खिचेका थिए ।
मोटरसाइकलमा सवार पालिका अध्यक्ष शिवाका छोरा र उनका साथीहरूले पत्रकार प्रदिपलाई त्यसै निहुँमा निर्घात कुटपिट गरेका छन् । पत्रकार सिंहले न्यायको लागि सरोकारवालालाई जानकारी दिईरहदा पत्रकारको नाममा केही बिचौलियाहरु सकृय भएको खबर प्राप्त भएको छ ।
पत्रकार सिंहले घटनाबारे बिस्तृत विवरण नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवलाई बुझाएको छ भने कानुनी प्रक्रियामा समेत अगाडि बढेको जानकारी प्राप्त भएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















