Opens in a new tab

संसद् भवन तत्काल खाली गर्न माग 

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, मंसिर १३ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न माग गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले बीआईसीसी भवन संसद् बस्नका निम्ति नभई अन्तराष्ट्रियस्तरको हलका लागि चीनले दिएको भन्दै तत्काल खाली गराउनुपर्ने बताए । उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव गर्नका लागि सोही स्तरको हल आवश्यक रहेको बताए ।

“काठमाडौंमा अन्तराष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) संसद् भवन चीनले अन्तराष्ट्रियस्तरको हलका लागि दिएको हो,” उनले भने, “त्यो संसद् बस्ने स्थान होइन । बीआईसीसी हललाई जतिसक्दो खाली गराउनुपर्छ । त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन । बीआईसीसी अन्तर्राष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो । मेला, महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो । जुन प्रयोजनाका लागि दिइएको हो, त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।”’

उनले मेला, महोत्सवका लागि पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे