मुख्य समाचार

बिनोद चौधरीद्वारा बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना

नवलपुर टुडे
२०७९ मंसिर १२ | मध्यान्ह ०६:०८ बजे

नवलपरासी, मंसिर १२ । गत ४ गते सम्पन्न आम निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र न.१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको हो । चुनाव प्रचारप्रसारका बेला स्थानीय मतदताले चौधरीसंग कसरी सम्पर्क हुन्छ भनेर सोधेका थिए । यद्यपी चौधरीले आफू निर्वाचित क्षेत्रमा सम्पर्क कार्यालयनै खोलेर जनतासंग प्रत्यक्ष सम्पर्क राख्ने बाताबरण तयार गर्न थाल्नु भएको छ ।

निर्वाचन क्षेत्रका सवै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रित रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको चौधरीको निजी सचिवालयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

बर्दघाटमा आवश्यक कर्मचारीसहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा स्थानीय जनताले कार्यालय पुगेर वा टेलिफोनमार्फत जनसम्पर्क कार्यालयमा जनताको समस्या राख्न सक्ने गरी कार्यालय ब्यवस्थापना गरिएको छ । बिनोद चौधरीले जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता अनुसार आफ्ना समस्या, गुनासो तथा सुझाव सहजै रुपमा चौधरी समक्ष पुर्‍याउन सकिने विश्वास लिईएको छ ।

कमेन्टहरु