मुख्य समाचार

हातमा खुकुरी लिएर प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी (तस्बिरहरु)

नवलपुर टुडे
२०७९ मंसिर १२ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं, मंसिर १२ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजरसहित करिब ३०० नगर प्रहरी परिचालन गरेपछि त्यहाँका स्थानीयहरु प्रतिकारमा उत्रिएका छन् ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि स्थानीयले खुकुरी, इँटा र ढुंगासहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । उनीहरुको ढुंगा प्रहारबाट करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौं महानगरपालिकासँग समन्वय गरी वस्ती हटाउन खोजेको हो । यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गर्दा पनि उनीहरुले अटेर गरेपछि बलपूर्वक हटाउन डोजर परिचालन गरिएको हो । 

अहिले सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको छ । सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

photo 2022 11 28 16 24 36photo 2022 11 28 16 24 38photo 2022 11 28 16 24 39photo 2022 11 28 16 24 40

कमेन्टहरु