मुख्य समाचार

मोरङ ३ बाट निर्वाचित सुनिल शर्माले सुरू गरे निःशुल्क उपचारका लागि ५० शय्याको क्याबिन

नवलपुर टुडे
२०७९ मंसिर ११ | मध्यान्ह ०३:०८ बजे

मोरङ, मंसिर ११ । मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्माले जितलगत्तै मतदातामाझ गरेको वाचा पूरा गर्न एक्सनमा उत्रिएका छन् ।

निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा शर्माले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शनिवार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै उनले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पूरा गर्ने गरी काम सुरु भएको बताए ।

शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । उनी ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ मत प्राप्त गरे ।

कमेन्टहरु